२०८३ श्रावण २८ गते, बिहीबार ०१:२९

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

हेटौंडा –

जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौं उत्कृष्ट प्रशासन कार्यालयको रूपमा स्थापित भएको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार मकवानपुर पाँचौं स्थान हासिल गर्न सफल भएको हो। मूल्याङ्कनमा मनाङ पहिलो, म्याग्दी दोस्रो, भक्तपुर तेस्रो तथा रसुवा चौथो स्थानमा रहेका छन् । यसैगरी काठमाडौं ७६औँ तथा धनुषा ७७औँ स्थानमा रहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा फछ्र्यौट लगायतका सूचकहरूको आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्याङ्कन गरेको हो ।

गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूको कामलाई थप उत्तरदायी, पारदर्शी र नतिजामुखी बनाउन हरेक वर्ष गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच कार्यसम्पादन सम्झौता गर्दै आएको छ । सोही सम्झौताका आधारमा अनलाइन प्रणालीमार्फत त्रैमासिक तथा वार्षिक रूपमा कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने व्यवस्था रहेको छ ।

यस उपलब्धिलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाह सुधार, प्रभावकारी प्रशासनिक व्यवस्थापन तथा नागरिकमैत्री कार्यशैलीको परिणामका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस