२०८३ श्रावण २७ गते, बुधबार २२:०१

उरुग्वेमाथिको जितसँगै स्पेन समूह विजेता, नकआउट चरणमा प्रवेश

काठमाडौैं –

फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’ को अन्तिम खेलमा उरुग्वेमाथि १–० को महत्वपूर्ण जित निकाल्दै स्पेन समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

शनिबार बिहान मेक्सिकोको ग्वाडालाहारास्थित एस्टाडियोमा सम्पन्न खेलमा स्पेनले पहिलो हाफमा गरेको एकमात्र गोलको आधारमा तीन अंक हात पारेको हो।

आजको खेलमा स्पेनका लागि आलेक्स बाएनाले खेलको ४२औँ मिनेटमा निर्णायक गोल गरे। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सोही गोल स्पेनको लागि जित बन्यो।

यस जितसँगै स्पेनले समूह चरणका तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा पुगेको छ । समूह विजेताका रूपमा स्पेन नकआउट चरणमा समेत पुगेको छ।

यस्तै, समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उरुग्वे पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस