२०८३ असार १४ गते, आईतवार १२:४०

नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै

काठमाडौं –

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।  

एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए । 

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस