२०८३ श्रावण २७ गते, बुधबार २१:५४

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

काठमाडौं –

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण (अटो–रिन्यु) हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । टेलिकमले ‘नमस्ते रिकरिङ’ अन्तर्गत तीन प्रकारका मासिक प्याकेज उपलब्ध गराएको छ । २९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, ६ जीबी डाटा (४ जीबी नियमित र २ जीबी नाइट डाटा) तथा नेपाल टेलिकम नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस समावेश छन् ।

त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।

७९९ रुपैयाँको प्रिमियम प्याकमा भने सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने ३०० वटा एसएमएस सुविधा दिइएको छ ।

थप डाटाको आवश्यकता पर्ने ग्राहकका लागि टेलिकमले ‘एड–अन’ प्याकेज पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ३० रुपैयाँमा एक दिनका लागि १ जीबी, ५० रुपैयाँमा तीन दिनका लागि २ जीबी र ९९ रुपैयाँमा सात दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार सेवाग्राहीले आफ्नो मोबाइलबाट १४१५ डायल गरी प्राप्त निर्देशनअनुसार आफूलाई आवश्यक पर्ने प्याकेज सहज रूपमा सब्स्क्राइब गर्न सक्नेछन् ।

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण (अटो–रिन्यु) हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । टेलिकमले ‘नमस्ते रिकरिङ’ अन्तर्गत तीन प्रकारका मासिक प्याकेज उपलब्ध गराएको छ । २९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, ६ जीबी डाटा (४ जीबी नियमित र २ जीबी नाइट डाटा) तथा नेपाल टेलिकम नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस समावेश छन् ।

त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन् ।

७९९ रुपैयाँको प्रिमियम प्याकमा भने सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने ३०० वटा एसएमएस सुविधा दिइएको छ ।

थप डाटाको आवश्यकता पर्ने ग्राहकका लागि टेलिकमले ‘एड–अन’ प्याकेज पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ३० रुपैयाँमा एक दिनका लागि १ जीबी, ५० रुपैयाँमा तीन दिनका लागि २ जीबी र ९९ रुपैयाँमा सात दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार सेवाग्राहीले आफ्नो मोबाइलबाट १४१५ डायल गरी प्राप्त निर्देशनअनुसार आफूलाई आवश्यक पर्ने प्याकेज सहज रूपमा सब्स्क्राइब गर्न सक्नेछन् ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस