२०८३ असार ३१ गते, बुधबार १५:४१

प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले छिटो निर्णय लिनुपर्ने राप्रपा सांसद भाटको माग

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले उक्त विषयमा लामो समयदेखि आपत्ति जनाउँदै आएको उल्लेख गर्दै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाअनुसार निर्णय लिनुपर्ने बताए।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, यो सदन हजुरको विवेकको निर्णय सुन्न चाहन्छ। हजुरको विवेकले के भन्छ? किनभने प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति हामीले महिनौँदेखि निरन्तर आपत्ति जनाउँदै आएका छौँ। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइरहेको छ।’

भाटले यसरी अन्योलको अवस्था लामो समयसम्म कायम रहनु न संसदको गरिमाअनुकूल हुने, न संसदीय कार्यसञ्चालनकै हितमा हुने बताए।

उनले सभामुखलाई सम्मानपूर्वक आग्रह गर्दै सकेसम्म छिटो निर्णय लिएर संसदलाई अनावश्यक गतिरोधबाट मुक्त गर्न र संसदीय कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन पहल गर्न अनुरोध गरे।

प्रतिक्रिया

अख्तियारको लगातार प्रहारः उच्च पदस्थ अधिकारीहरू दोषी ठहर हुने क्रम बढ्दो, सुनिल पौडेल पनि भ्रष्टाचारमा दोषी

काठमाडौं – नेपालमा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका

अख्तियारको लगातार प्रहारः उच्च पदस्थ अधिकारीहरू दोषी ठहर हुने क्रम बढ्दो, सुनिल पौडेल पनि भ्रष्टाचारमा दोषी

काठमाडौं – नेपालमा भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका

पोडकास्ट सुन्नुहोस