२०८३ असार ३२ गते, बिहीबार १८:०३

घुस अभियोगमा पौडेललाई आठ वर्ष ६ महिना जेल सजाय

काठमाडौं –

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई घुस अभियोगमा आठ वर्ष कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार (असार)३२ उक्त सजाय ठहर गरेको हो । पौडेलले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो ।

आनन्दलाई पनि पौडेलबराबर आठ वर्ष नै जेल सजाय तोेकिएको छ । पौडेलले विशिष्ट श्रेणीमा रहेर घुस रकम लिएका आधारमा थप ६ महिना कैद समेत तोकिएको छ ।

घुस लिएको भनिएको तीन करोड आठ लाख रुपैयाँलाई दामासाहीमा बाँडेर एक करोड ५४ लाखका दरले जरिवाना असुलउपर गर्ने ठहर पनि अदालतबाट भएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस