२०८३ श्रावण १ गते, शुक्रबार १९:०२

विद्युत आपूर्ति तत्काल समाधान गर्न सांसद पन्तको निर्देशन ।

बिरगंज –

बिरगंज महानगरमा विद्युत आपूर्ति तत्काल सहज गर्न रास्वपा पर्सा सभापति एबम सांसद हरि पन्तले निर्देशन दिएका छन । बिरगंजमा बिगत तिन दिन देखी विद्युत आपूर्ति अनियमित हुँदा बिरगंजका स्थानीयहरुको जनजीवन कष्टकर भएको थियोे ।

विद्युत आपूर्ति असहजता थाहा पाए संगै काठमाडौमा रहेका सांसद पन्त विद्युत प्राधिकरण र खानेपनीको आपूर्तिको लागि बिरगंज महानगरसंग निरन्तर टेलिफोन सम्पर्क रहेर समन्वय गरि रहेका थिए ।

यसैबीच हिजो राती बिरगंज आइपुगेका पन्तले आज जिल्ला प्रशासन कार्यलय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाल समेत लाई राखी नेपाल विद्युत प्राधिकरण पर्साका प्रमुख बिजय महतोसंग विद्युतमा भएको असहज्ताको बिषयमा गम्भीर चासो राख्दै यसको तत्कालै समाधान गर्न र आइन्दा येस्तो समस्या आउन नदिन निर्देशन दिदै समस्याको कारण बारे पनि गम्भीर जिज्ञासा राखेका थिए ।

सांसद पन्तको जिज्ञासाको जबाफ दिने क्रममा नेपाल विद्युत प्राधिकरणका प्रमुक बिजय महतोले हाल अन्डरग्राउण्ड रहेको विद्युत लाइन , पर्सौनी ग्रीडबाट ३३ केभिए लाइन छपकैया सबस्येसन मा लान लाग्दा गत माघ महिनामै अमर( बोखार) चौक आसपासका केही स्थानियले तत्कालिन अबस्थामा अबरोध गरेकाले अहिले यो समस्या आएको बताए । तर हिजो अबरोध हटाएर त्यहाँ तार तान्ने काम भएको र अब केही बाकी रहेकोले ९ बजे सम्म विद्युत पुर्ण सुचारु हुने बताएका छन ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस