२०८३ श्रावण ५ गते, मंगलवार १८:०४

माकलबारीमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं-

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले आज बिहान २ बजेर ५० मिनेटमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेकी हुन् । घाइते भएकी गुरुङलाई उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल  अस्पताल साखु पुर्याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

गुरुङको शरिरको करिब ५० प्रतिशत भाग जलेको जनाइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस