२०८३ श्रावण ५ गते, मंगलवार २०:१७

मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे

काठमाडौं –

तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले सरकार निजी क्षेत्रमैत्री नीतितर्फ अघि बढेको अनुभूति भएको बताएका छन् ।

मंगलबार सरकारसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको अर्थतन्त्र नै सरकार भएकाले अर्थतन्त्र सुधार नगरि देश नबन्ने दाबी गरे । 

‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले भने, ‘अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन । मान्छे निर्यात गरेर देश बन्दैन । मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्र यो देश बन्छ । हामी सबै उत्साहित छौँ ।’

देशको आर्थिक विकासका लागि उत्पादनमूलक उद्योगको विस्तार आवश्यक रहेको बताउँदै उनले उनले तयारी पोशाक उद्योगलाई पुनर्जीवित गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यरहेको बताए । 

तयारी पोशाक उद्योग संघले विगत चार वर्षदेखि हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग गर्दै आएको उल्लेख गर्दै उनले सरकारले उक्त उद्योग आफैं सञ्चालन गर्ने निर्णयलाई सकारात्मक कदमको बताए । 

प्रतिक्रिया

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

पोडकास्ट सुन्नुहोस