२०८३ श्रावण ५ गते, मंगलवार २३:००

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज

जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क असुली गरिरहेको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ। संघले यस्तो गैरकानुनी असुली तत्काल रोक्न र उद्योगी-व्यवसायीहरूबाट अहिलेसम्म उठाइएको रकम अविलम्ब फिर्ता गराउन सरकारसँग माग गरेको छ।

संघले मङ्गलबार जितपुरसिमरा उपमहानगरपालिकालाई औपचारिक पत्र पठाउँदै उक्त माग गरेको हो। संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा हस्ताक्षरित पत्रको बोधार्थ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, तथा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरूलाई समेत पठाइएको छ।

पत्रमा संविधान, स्थानीय सरकार सञ्चालन ऐन र सर्वोच्च अदालतका विभिन्न आदेशहरूको ठाडो उल्लङ्घन गर्दै उपमहानगरपालिकाले कर असुल गरिरहेको उल्लेख छ। स्थानीय तहको यस्तो कार्यले आर्थिक मन्दीको सामना गरिरहेको निजी क्षेत्रमाथि थप अनुचित आर्थिक भार परेको संघको भनाइ छ।

संघका अध्यक्ष गौतमका अनुसार कतिपय स्थानीय तहहरूले कानुनी आधारविना नै व्यवसाय कर, सेवा शुल्क, सरसफाइ शुल्क, सिफारिस शुल्क, पूर्वाधार उपयोग शुल्क, निकासी तथा ढुवानी शुल्क, प्रवेश शुल्क र बजार व्यवस्थापन शुल्कलगायतका नाममा रकम असुल गरिरहेका छन्।

यस्ता धेरै कर तथा शुल्कहरूको कुनै स्पष्ट कानुनी आधार नरहेको र कतिपय शीर्षकमा दोहोरो करको मारमा उद्योगी-व्यवसायीहरू परेको भन्दै संघले यस किसिमको असुली तत्काल नरोकिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

प्रतिक्रिया

जितपुरसिमराले गैरकानुनी कर उठाएको भन्दै वीरगन्ज उद्योग वाणिज्य संघ आक्रोशित: असुल गरिएको रकम फिर्ता गर्न माग

वीरगन्ज– जीतपुर सिमरा उपमहानगरपालिकाले कानुनविपरीत विभिन्न शीर्षकमा कर तथा शुल्क

सिर्सिया नदी प्रदूषित गर्ने १० उद्योगमाथि कारबाही: प्रतिउद्योग १० लाख जरिवाना, नतिरे तेब्बर लाग्ने

वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोरपानी बगाएर सिर्सिया नदीलाई

पोडकास्ट सुन्नुहोस