२०८३ श्रावण ६ गते, बुधबार ०९:०८

गहिरो निद्रामा रहेका नेपालीलाई भूकम्पको धक्काले झस्कायो, बझाङ केन्द्रबिन्दु

काठमाडौं

अधिकांश नेपाली गहिरो निद्रामा रहेका बेला आज बिहान आएको भूकम्पले बझाङसहित आसपासका जिल्लाका बासिन्दालाई झस्काएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। बिहानको समयमा आएको धक्काका कारण केही समय स्थानीयवासीमा त्रास उत्पन्न भए पनि हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमार्फत अनुभव साझा गरेका छन्। भूकम्पको थप विवरण तथा सम्भावित परकम्पबारे सम्बन्धित निकायले निगरानी गरिरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस