दोलखा ।
दोलखामा पहिरो जाँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे २ बजे गौरीशंकर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविधुत् आयोजनाको ड्यामनजिकै पहिरोले बाख्राको गोठ बगाउँदा ७३ वर्षका तामाङ बेपत्ता भएका हुन् ।
पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घर समेत पूर्ण रूपमा क्षति भएको छ । उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् मनसुन प्रतिकार्य वेश सिंगटीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।











