२०८३ श्रावण ६ गते, बुधबार १६:४१

पर्साको वीरगन्जबाट करिब २२ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक जना वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१२ मुरलीचोक बस्ने ७२ वर्षीय नारायणबहादुर केसी रहेका छन्।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न करिब साढे ४ बजे वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित बहिरङ्ग विद्यालय अगाडिको सडकखण्डबाट केसीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीले कानुनबमोजिम खानतलासी गर्दा केसीको प्यान्टको दायाँ खल्तीबाट सेतो पारदर्शी प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोलेर जाँच गर्दा साना कागजका १५ वटा पुरियामा कागज बाहेक २१ ग्राम ९१ मिलिग्राम (कागजसहित ४०.७४ ग्राम) खैरो हिरोइनजस्तो देखिने अवैध पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, केसीको बायाँ खल्तीबाट अवैध लागूऔषध कारोबारमा संलग्न रहेको भनिएका जहिर मियाँ र इम्तियाज मियाँको नाम तथा ५ हजार रुपैयाँ उल्लेख भएको एउटा सेतो कागजको टुक्रासमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका केसीलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस