२०८३ श्रावण ८ गते, शुक्रबार १०:२०

सिर्सिया नदी सफाइ र औद्योगिक प्रदूषण नियन्त्रणका लागि वीरगन्जमा संयुक्त अन्तरक्रिया: परिणाममुखी काम गर्ने प्रतिबद्धता

वीरगन्ज

ऐतिहासिक सिर्सिया नदीको सफाइ, संरक्षण र वीरगन्ज-पथलैया करिडोरमा हुने औद्योगिक प्रदूषण नियन्त्रणका विषयलाई निष्कर्षमा पुर्‍याउन सङ्घीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा एक परिणाममुखी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको सभापतित्व तथा सङ्घीय संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि कुमार पन्त (हरि पन्त) ले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि उठाइएका विषयहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए। उनले भने, “उठाइएका विषयहरू निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने हाम्रो मान्यता हो। दण्ड र जरिवानाको पाटो एकातिर छ भने सौहार्दपूर्ण छलफल र सचेतनाको पाटो पनि अर्कोतिर हुन्छ। आशा गरौँ, केही समयभित्रै यसको सकारात्मक परिणाम पनि देखिन थाल्नेछन्।”

कार्यक्रमका प्रमुख अतिथि एवम् संसदीय समितिका सभापति रहबर अन्सारीले औद्योगिक प्रदूषण नियन्त्रण र वातावरणीय मापदण्डको पालनामा राज्य अब कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिए। नागरिकको जनस्वास्थ्य र वातावरण संरक्षणका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै उनले उद्योगीहरूलाई वातावरणीय मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरे।

सभापति अन्सारीले करिडोरको दीर्घकालीन समाधानका लागि पथलैयादेखि लालका पुलसम्म ‘औद्योगिक ड्रेन’ निर्माण तथा साझा फोहोर पानी प्रशोधन केन्द्र (CETP) स्थापनाको तयारी भइरहेको जानकारी दिए। यस योजनाअनुसार उद्योगहरूले फोहोर पानीको प्रारम्भिक र प्राथमिक प्रशोधन आफैँ गर्नुपर्नेछ भने त्यसपछिको प्रशोधनको जिम्मेवारी राज्यले लिनेछ। साथै सिमरा क्षेत्रमा बिहानको समयमा हुने वायु प्रदूषण, कोइला तथा भुसको खुला प्रयोग र सिर्सिया नदीको अतिक्रमण नियन्त्रणमा समितिले कडाइ गर्ने उनले बताए।

कार्यक्रममा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू, वातावरणविद् र सिर्सिया नदी किनारमा सञ्चालित विभिन्न उद्योगका उद्योगी-व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो। छलफलमा सहभागी सबै पक्षले सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन एकापसमा समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनको मस्यौदा सार्वजनिक, सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

सिर्सिया नदी सफाइ र औद्योगिक प्रदूषण नियन्त्रणका लागि वीरगन्जमा संयुक्त अन्तरक्रिया: परिणाममुखी काम गर्ने प्रतिबद्धता

वीरगन्ज– ऐतिहासिक सिर्सिया नदीको सफाइ, संरक्षण र वीरगन्ज-पथलैया करिडोरमा हुने

पोडकास्ट सुन्नुहोस