सिरहा ।
सुनसरीमा घटेको घटनालाई लिएर सिरहाको गोलबजारमा बिहीबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादव रहेका छन्। प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा निधन भएको हो। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले औरहीका गणेश यादवको मृत्यु भएको खबर प्राप्त भएको पुष्टि गर्नुभएको छ।
प्रदर्शन उग्र बन्दै गएपछि र झडपको स्थिति सिर्जना भएपछि गोलबजार र आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन जिल्ला प्रशासन कार्यालय सिरहाले सिरहाका विभिन्न संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय प्रशासनले सबैलाई संयमता अपनाउन अपिल गरेको छ।

सुनसरी घटनाको विरोधमा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादव आमरण अनशनमा, माग पूरा नभएसम्म आन्दोलन जारी रहने घोषणा
काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा











