काठमाडौं –
मधेस प्रदेशका सांसदहरूसँग राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले छलफल गरेका छन् ।
सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रमलाई लिएर लामिछानेले सिंहदरबारमै बैठक बसाएका हुन् ।
मधेस प्रदेशका एक सासंदका अनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
“मधेसमा भइरहेको घटनाक्रमबारे गृहमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । गृहमन्त्रीप्रति सांसदहरूले आक्रोश व्यक्त गर्दै सभापतिलाई गुनासो गरिरहेका छौँ । सभापतिसँगको बैठक सिंहदरबारमा जारी छ,” ती सांसदले बाह्रखरीसित भने ।












