२०८३ श्रावण १९ गते, मंगलवार १२:४३

३२ वर्षीय निखिल सिंहमाथि अनुसन्धान तीव्र, आधिकारिक तथ्य मात्र छाप्न प्रहरीको अपिल

वरिगन्ज

बालबालिकाविरुद्धको कसूर मुद्दामा पक्राउ परेका एक युवकमाथि पर्सा प्रहरीले निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ। साथै अनुसन्धान प्रक्रिया जारी रहेकै अवस्थामा अपुष्ट र भ्रामक समाचार सम्प्रेषण नगर्न जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चार माध्यमहरूसँग आग्रह समेत गरेको छ

प्रहरीका अनुसार गत साउन ९ गते वरिगन्ज महानगरपालिका वडा नं. १३ राधेमाई टोलकी एक ३४ वर्षीया महिला (परिवर्तित नाम: ३४ पर्सावा ढ) ले बालबालिकाविरुद्धको कसूर भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। जाहेरी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले सोही दिन राधेमाई निवासी ३२ वर्षीय निखिल सिंह राजपुतलाई नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र बहादुर मल्लद्वारा जारी विज्ञप्तिमा पक्राउ परेका सिंहमाथि प्रचलित कानुन, अनुसन्धानका स्थापित सिद्धान्त तथा प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको उल्लेख छ

अनुसन्धान सम्पन्न नहुँदै अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा सम्प्रेषित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने, सम्बन्धित पक्षहरूको अधिकारमा असर पर्न सक्ने र सर्वसाधारणमा भ्रम सिर्जना हुन सक्ने भन्दै प्रहरीले गम्भीर चासो व्यक्त गरेको छ

प्रहरीले सम्पूर्ण सञ्चार माध्यमहरूलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्यहरू मात्र प्रकाशन वा प्रसारण गर्न हार्दिक अनुरोध गरेको छ। निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धानप्रति प्रहरी पूर्ण प्रतिबद्ध रहेको र अनुसन्धान पूरा भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा गराइने समेत प्रहरीले स्पष्ट पारेको छ

प्रतिक्रिया

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

मधेश प्रदेशभर ग्यासको हाहाकार: उपभोक्ता र साना व्यवसायी सास्ती भोग्न बाध्य, आपूर्ति प्रभावित भएको व्यवसायीको दाबी

वरिगन्ज- मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति

पोडकास्ट सुन्नुहोस