२०८३ श्रावण १९ गते, मंगलवार १६:३०

जनता अप्ठ्यारो अवस्थामा हुँदा प्रधानमन्त्री सामाजिक संजालमै सिमित हुनुभयो : बलावती शर्मा

काठमाडौं-

नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्ला दिनहरूमा देशमा भइरहेका दुखद घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सुनसरीको देवागञ्ज घटनापछि मधेशका विभिन्न क्षेत्रमा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरिन् । उनले राजनीतिक दल, नागरिक समाज, सरकार तथा सम्बन्धित संघ–संस्थाको पहलका कारण अवस्था नियन्त्रणउन्मुख भएको उल्लेख गरिन् । 

उनले भनिन्, ‘देशमा एकपछि अर्को दुखद घटना घटिरहेको छ । सुनसरीको देवागन्द घटेको घटनापश्चात मधेशभर फैलिएको साम्प्रदायिक घटनालाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकार विभिन्न संघसस्थाको सचेत पहलमा नियन्त्रणउन्मुख छ ।’ 

उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन् ।

शर्माले संकटका बेला प्रधानमन्त्रीको सक्रिय उपस्थितिको अपेक्षा जनताले गरेको भए पनि त्यसअनुसारको भूमिका नदेखिएको आरोप लगाइन् ।

‘सदनले मात्र होइन, आम नेपाली जनता अप्ठ्यारो र दुःख–सुखमा अभिभावकका रूपमा प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजेका छन्। तर प्रधानमन्त्री सामाजिक सञ्जाल र स्टाटसमै सीमित हुनुभएको छ,’ उनले भनिन् ।

उनले विधिको शासनको कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेको आरोप पनि लगाइन् । उनले सरकारमाथि न्यायपालिकालाई प्रभावित पार्ने प्रयास भएको दाबी गर्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गरिन्।

‘विधिको शासन कुरा गर्ने सरकारले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गरेर हुर्मत लिने काम गरेको छ उनले भनिन् । 

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस