२०८३ श्रावण २६ गते, मंगलवार ०९:०५

दुई मोटरसाइकलमा सवार चार जनाबाट भेटियो ५२ लाख ५० हजार नगद

वीरगन्ज –

पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००३ प ७३२५ नम्बरको कालो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल र ना.७५ प ५१८२ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।

जाँचका क्रममा दुवै मोटरसाइकलमा सवार चार जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगद बरामद भएको उहाँले बताउनु भायो ।।

पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा वडा नम्बर ६ बस्ने २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ बस्ने ३२ वर्षीय पेन्द्र साह, प्रसौनी गाउँपालिका–९ बस्ने २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको बिन्दवासिनी गाउँपालिका–१ झौवागुठी बस्ने २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।

प्रहरीले उनीहरूबाट प्रदेश २–०३–००३ प ७३२५ र ना.७५ प ५१८२ नम्बरका दुईवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

बरामद नगदको स्रोत र उनीहरूको कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस