२०८३ श्रावण २६ गते, मंगलवार १४:०३

१०५ किलो गाँजासहित पर्साबाट एक भारतीय नागरिक पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले १०५ किलोग्राम लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साउन सोमबार राति करिब ९:०० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं. ३ सोनवर्षास्थित सडक छेउको बारीबाट ५० वर्षीय साउरु चौधरीलाई पक्राउ गरिएको हो। उनी भारतको बेतिया जिल्ला, ग्राम उजहरु परजिलवा भांगाहा श्रीनगर-३ का बासिन्दा हुन्।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई रोकेर चेकजाँच गरेको थियो। जाँचका क्रममा उनले बोकेको बोराभित्र लुकाई-छिपाई राखिएको १०५ के.जी. (प्लास्टिक बाहेक) गाँजा फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस