२०८३ आश्विन २० गते, मंगलवार ०४:१८

झापामा जापानिज इन्सेफ्लाइटिसको कहर : ६ जनाको मृत्यु, ११ संक्रमित

झापा –

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या छ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो।

उनका अनुसार झापामा हालसम्म जेई संक्रमितको संख्या ११ पुगेको छ। संक्रमितमध्ये चार महिला र दुई पुरुषको मृत्यु भएको छ।

जेई संक्रमणको जोखिम बढेसँगै जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा परीक्षणको दायरा बढाएको छ। साथै, संक्रमणको अवस्था बुझ्न तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीको टोलीलाई विभिन्न क्षेत्रमा निरन्तर परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस