२०८३ भाद्र ८ गते, सोमबार १०:४७

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

जनकपुर –

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार यादव रहेका छन्। यादवले आफ्नै श्रीमती रुबी शर्माको २०८० साउन १५ गते घरमै ढुंगा प्रहार गरी हत्या गरेको आरोप छ।

घटनापछि फरार रहेका यादवलाई उच्च अदालत जनकपुरधामले २०८३ जेठ २२ गते तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले यादवलाई लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित खसी बजारबाट पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई प्रहरीले नियन्त्रणमा राखेको छ। सोमबार अदालत खुलेपछि उनलाई अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस