२०८३ भाद्र २६ गते, शुक्रबार २२:३९

मधेश र मधेशी जनतामाथि अहिलेको सरकारले पहिलो प्रहार गर्‍यो: प्रचण्ड

जनकपुर

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले मधेश र मधेशी जनतामाथि पहिलो प्रहार गरेको आरोप लगाउनुभएको छ।

​शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक प्रचण्डले आशावादी भएर भोट दिएका मधेशी जनतालाई नै यो सरकारले सबैभन्दा बढी पीडा दिएको दाबी गर्नुभयो।

सरकारका नीति र अभिव्यक्तिको विरोध

प्रचण्डले सरकारका नीतिहरू गरीब, मजदुर र किसान विरोधी रहेको उल्लेख गर्नुभयो। भारतको सीमानाकामा रक्षा गर्दै आएका मधेशी जनतालाई लक्षित गरी घरायसी सामान ल्याउँदा समेत कर लगाउने नीतिको उहाँले कडा आपत्ति जनाउनुभयो।

​प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रचण्डले भन्नुभयो— “नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री बालेनको अभिव्यक्ति मधेशी जनतालाई नै लक्षित गरेर दिइएको हो, जसले सम्पूर्ण मधेशवासीको अपमान गरेको छ।”

बजेट, नियुक्ति र मन्त्री हटाएकोमा आपत्ति

सरकारको बजेट र नियुक्ति प्रक्रिया समेत मधेशको हितविपरीत रहेको बताउँदै उहाँले मधेशी मन्त्रीहरूलाई अपमानजनक ढंगले हटाइनुले सरकारको मधेशविरोधी चरित्र छर्लङ्ग पारेको उल्लेख गर्नुभयो। सरकारको यस्तै व्यवहारका कारण स्वयं रास्वपाकै सांसदहरू समेत विरोधमा उत्रिन थालेको उहाँको भनाइ थियो।

​समयक्रमसँगै मधेशका जनताले गलत ठाउँमा मतदान गरेको महसुस गर्ने र अब फेरि जेनजी (Gen-Z) युवाहरू सरकारको यस कदमविरुद्ध विद्रोहमा उत्रिने दाबी प्रचण्डले गर्नुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस