२०८३ भाद्र २८ गते, आईतवार १५:११

भोटेकोशी बाढीले रोकिएको करदाताको उपहार असोज १ मा खुल्दै, ३३ जनाले पाउनेछन् पुरस्कार

काठमाडौं –

भोटेकोशी नदीको विनाशकारी बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले करदातालाई बिल लिन र नियमित रूपमा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नयाँ आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको प्रोत्साहन कार्यक्रम साउन १ गतेदेखि सुरु भएको हो। भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी भए पनि भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि कार्यक्रम स्थगित गरिएको थियो। अब भदौ महिनाको पुरस्कार असोज १ गते घोषणा गर्ने तयारी गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले जानकारी दिए।

विभागका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एकजनाका दरले १५ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै, सो अवधिमा कारोबार गर्ने उपभोक्तामध्येबाट एकजनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्म कारोबार गर्ने उपभोक्तामध्येबाट १६ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार प्रदान गरिने विभागले जनाएको छ। यही अवधिका उपभोक्तामध्येबाट एकजनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।

यसरी असोज १ गते भदौ महिनाका लागि १ लाख ३३ हजार ३३४ रुपैयाँका ३१ पुरस्कार र १०–१० लाख रुपैयाँका दुई बम्पर पुरस्कार गरी कुल ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

पुरस्कारका लागि योग्य हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्न विभागले आग्रह गरेको छ। अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ।

नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल ‘अपलोड’ गरेर पुरस्कारका लागि योग्य हुने कुपन लिनुपर्नेछ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले पुरस्कारमा सहभागी हुन भदौ १५

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस