२०८३ भाद्र ३१ गते, बुधबार ०४:३०

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ

सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन आधुनिक ‘प्रयाोगशाला’ (Practical Lab) र ‘अनुसन्धान केन्द्र’ (Research Centre) स्थापना गर्नुपर्ने माग गर्दै जेन जि पर्साका संयोजक बिशेष साहले पहलकदमी लिएका छन्। साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग भेट गरी देशभर अनुसन्धान र प्रयोगात्मक शिक्षाको विस्तारबारे महत्वपूर्ण प्रस्ताव पेस गरेका हुन्।

भेटका क्रममा Master’s of Science in Analytical Chemistry अध्ययनरत/अध्ययन गरेका साहले आफ्नो शैक्षिक अनुभव सुनाउँदै सरकारी शिक्षण संस्थाहरूमा प्रयोगात्मक ज्ञानको अवस्था निकै कमजोर रहेको बताए। विद्यार्थीलाई केवल सैद्धान्तिक र किताबी ज्ञानमा सीमित नराखी “किताबसँगै प्रयोगशाला, प्रयोगसँगै अनुसन्धान” को वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। साहका अनुसार प्रयोगात्मक ज्ञान प्रत्येक विद्यार्थीका लागि अत्यावश्यक मात्र नभई उनीहरूको अधिकारको विषय हो।

साहको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै मन्त्री पुनले स्थानीय सरकारले प्रयोगशाला निर्माण र सञ्चालनका लागि रुचि देखाएर बजेट विनियोजन गरेमा सङ्घीय सरकारका तर्फबाट पनि आवश्यक बजेट र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै, आगामी दिनमा देशका विभिन्न भागमा नयाँ रिसर्च ल्याब स्थापनाका लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने आश्वासन मन्त्री पुनले दिएको साहले बताए।

भेटघाटपछि संयोजक साहले पर्सा जिल्ला र स्थानीय तहमा आधुनिक प्रयोगशाला निर्माण एवं सञ्चालनका लागि स्थानीय सरकारहरूसँग सहकार्य र आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटमा आगामी दिनमा विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा संयुक्त रूपमा अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

पोडकास्ट सुन्नुहोस