२०८३ भाद्र ३१ गते, बुधबार ०४:३३

हनुमान् अंश’ प्रदर्शनको अवसरमा सनातन हिन्दू मोर्चाद्वारा लड्डु वितरण

वीरगन्ज— भगवान् हनुमान्‌प्रति आस्था जगाउने चलचित्र ‘हनुमान् अंश’ प्रदर्शन भएको अवसरमा सनातन हिन्दू मोर्चा वीरगन्ज महानगर समितिले लड्डु वितरण गरेको छ।

ऋषिपञ्चमी तथा गणेश चतुर्थीको दोस्रो दिनको अवसर पारेर मोर्चाले ऐतिहासिक महावीरस्थानस्थित हनुमान मन्दिरमा सामूहिक पूजापाठ गरी लड्डु वितरण सुरु गरेको हो। ‘जय श्रीराम, जय सियाराम, जय हनुमान’को नारा घन्काउँदै मन्दिर परिसर, ए म्याक्स सिनेमा हल (बायपास रोड), त्रिमुर्ती सिनेमा हल (मुर्ली), वीरगञ्ज न्यूरो अस्पतालका कुरुवा, गहवा माई मन्दिर क्षेत्र र गणेश पूजा स्थलमा गरी करिब १२ किलो (३०० थान) लड्डु वितरण गरिएको मोर्चाले जनाएको छ।

सनातन हिन्दू मोर्चा वीरगन्ज महानगर समितिका अध्यक्ष आनन्द गुप्ताको अगुवाइमा भएको उक्त कार्यक्रममा मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, केन्द्रीय सदस्यहरू योगेन्द्र प्रसाद कलवार र अरविन्द कुमार मदनवाल, पर्सा जिल्ला उपाध्यक्ष अंशु कुमार प्रजापति, नगर मन्त्री दीपक साह, कोषाध्यक्ष राजु साह तेली तथा नगर सदस्यहरू सागर साह, विक्की साह, सुमित श्रीवास्तव, निरञ्जन कुशवाहा र कृष्ण मोहन वर्णवाललगायतको उपस्थिति रहेको थियो।

पृथ्वीमा अझै पनि जीवित मानिने भगवान् हनुमान्‌को सम्मान गर्दै सनातन धर्म र संस्कृतिलाई समेटेर ‘हनुमान् अंश’ चलचित्र निर्माण गरेकोमा मोर्चाले निर्माण टोलीप्रति आभारसमेत व्यक्त गरेको छ।

प्रतिक्रिया

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

पोडकास्ट सुन्नुहोस