२०८३ भाद्र ३१ गते, बुधबार ०४:३३

काठमाडौँबाट वीरगन्ज आउँदै गरेको इभी माइक्रो इन्द्रसरोवरमा दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

हेटौँडा

काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको एक इभी माइक्रो मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा मङ्गलवार दिउँसो मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रो सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार माइक्रोमा सवार कुल आठ जनामध्ये चार जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर र एक जनाको अवस्था सामान्य रहेको छ।

मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीका अनुसार उद्धार गरिएका घाइतेमध्ये एक जनालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ भने बाँकी तीन जनालाई काठमाडौँतर्फ पठाइएको छ।

दुर्घटनाको पूर्ण विवरणका साथै मृतक र घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि मन्त्री महावीर पुनसँग बहस: जेन जि पर्साका संयोजक बिशेष साहको पहल

काठमाडौँ — सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन

पोडकास्ट सुन्नुहोस