२०८३ आश्विन ३ गते, शनिबार १०:२६

नाका छलेर भित्र्याइएको १७ लाख ५६ हजारको सामान सशस्त्रको नियन्त्रणमा

वीरगन्ज –

सशस्त्र प्रहरी बलको नियमित गस्ती टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छली ल्याइएका तथा लुकाएर राखिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका मोबाइल पार्ट्स र कपडा बरामद गरेको छ।

वीरगन्ज महानगरपालिका–१ नैकाटोलाबाट ६ लाख ९८ हजार ४५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरिएको हो। भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित एक गोठमा लुकाएर राखिएका १० लाख ५८ हजार ५४० रुपैयाँ बराबरका कपडा बरामद गरिएको छ।

बरामद सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस