२०८३ आश्विन ११ गते, आईतवार १४:३४

मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च मधेश प्रदेशको अध्यक्षमा प्रविण श्रीवास्तव

वीरगन्ज –

मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको अध्यक्षमा प्रविण श्रीवास्तव निर्वाचित भएका छन्।

वीरगन्जमा शनिबार सम्पन्न मञ्चको प्रथम अधिवेशनले श्रीवास्तवको नेतृत्वमा २५ सदस्यीय सर्वसम्मत कार्यसमिति चयन गरेको हो।

अधिवेशनको बन्दसत्रले उपाध्यक्षमा रुपा पाण्डे, रमनकुमार सिंह र विक्रम बस्नेतलाई चयन गरेको छ। त्यसैगरी, महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिपकुमार पाठक र संजीता कुमारी मण्डल, सहसचिवमा मञ्जु कुमारी सिंह र रमेशप्रसाद सरार्फ तथा कोषाध्यक्षमा म. सेराख अली चयन भएका छन्।

समितिका सदस्यहरूमा मन्नु श्रीवास्तव, रबिन श्रीवास्तव, महिरू सेन मियाँ, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोदकुमार साह, मनोजकुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेशकुमार मण्डल र महिमा कुमारी चौधरी निर्विरोध चयन भएको अध्यक्ष श्रीवास्तवले जानकारी दिए।

मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँड र वरिष्ठ उपाध्यक्ष दामोदर ढकाल शर्माको विशेष उपस्थितिमा तथा मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला अध्यक्ष र प्रतिनिधिहरूको सहभागितामा उद्घाटन तथा बन्दसत्र सम्पन्न भएको थियो।

मञ्चको मधेश प्रदेश अधिवेशनको उद्घाटनसत्रमा अतिथिका रूपमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की तथा वीरगन्ज कारागारका प्रतिनिधि सुनिल चौरसियाले सरकार मानव अधिकार संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

वक्ताहरूले मानव अधिकारको संरक्षण र सम्मानबाट मात्रै समुन्नत समाज निर्माण गर्न सकिने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस