२०८३ आश्विन ११ गते, आईतवार १९:३२

उपकार सेवा नेपालद्वारा पर्साका दुई विद्यालयलाई ५ थान पंखा हस्तान्तरण

पोखरिया—

पर्साको पोखरिया नगरपालिका–६ र ८ मा रहेका दुई विद्यालयलाई उपकार सेवा नेपालले ५ थान पंखा हस्तान्तरण गरेको छ। नेजामुद्दीन शमानीको पहलमा उक्त विद्यालयहरूलाई पंखा उपलब्ध गराइएको हो।

विद्यार्थीहरूको सहज अध्ययन तथा पठनपाठनका लागि वडा नं. ६ स्थित श्री दलित उत्थान प्राथमिक विद्यालय, शिर्सिया तथा वडा नं. ८ स्थित ने.रा. प्राथमिक विद्यालय, बैरिया बिर्ता, मननपुरलाई यी सामाग्रीहरू प्रदान गरिएको छ।

आइतबार आयोजित हस्तान्तरण कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, प्रधानाध्यापक विजय पटेल तथा समाजसेवी प्रकाश थारूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामअयोध्या रौनियारलाई उक्त पङ्खाहरू हस्तान्तरण गरिएको हो।

कार्यक्रमका समन्वयकर्ता तथा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले गर्मी मौसममा विद्यार्थीहरूले सहज, शान्त र अनुकूल वातावरणमा अध्ययन गर्न सकून् भन्ने उद्देश्यले विद्यालयलाई पंखा सहयोग गरिएको बताएका छन्।

“मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनासहित शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस