२०८३ कार्तिक २७ गते, शुक्रबार ०:१५

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

वीरगन्ज –

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन्।

पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन्। उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका साह बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर नजिकैको पर्खाल नाघ्दै फरार भएका हुन्।

फरार कैदी साहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी मल्लले जानकारी दिएका छन्।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस