२०८३ कार्तिक २७ गते, शुक्रबार ०:१४

श्रीमतीको जिम्मा लगाएर जेलमुक्त भए टोपबहादुर रायमाझी

काठमाडौं –

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्राप्त गरेका रायमाझीलाई कारागार प्रशासनले उनकी श्रीमती र परिवारका सदस्यको जिम्मा लगाएर रिहा गरेको हो।

कारागार स्रोतका अनुसार रायमाझी बिहीबार बिहानै कारागारबाट बाहिरिएका हुन्। ‘उहाँलाई श्रीमती र परिवारका केही सदस्यको जिम्मा लगाइएको छ। आज बिहान उहाँ यहाँबाट जानुभयो,’ कारागार स्रोतले जनाएको छ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका रूपमा पाउने कानुनी सुविधाअनुसार कैद छुट माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। उनको निवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले कैद छुटको सुविधा प्रदान गर्दै संशोधित कैदीपुर्जी जारी गर्न कारागार कार्यालयलाई पत्र पठाएको थियो।

ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका कैदीलाई तोकिएको कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने प्रावधान छ। सोही व्यवस्थाअनुसार रायमाझी कैदमुक्त भएका हुन्।

रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो।

अदालतले ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा एक वर्ष छ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तोकेको थियो। यसबाहेक सोही कसुरमा थप छ महिना कैदसमेत निर्धारण गरिएको थियो।

विभिन्न कसुरमा तोकिएका सजायलाई एकीकृत गर्दा रायमाझीले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने फैसला भएको थियो। ज्येष्ठ नागरिकको सुविधाअनुसार कैद छुट पाए पनि अदालतले तोकेको जरिबाना भने उनले बुझाउनुपर्नेछ।

प्रतिक्रिया

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

देउसी–भैलोमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट थप तीन पक्राउ, पक्राउ पर्नेको संख्या पाँच पुग्यो

रुपन्देही – देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा

पोडकास्ट सुन्नुहोस