काठमाडौ –
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मुलुकमा आगामी दिनमा सडकमा अराजकता बढ्दै जाने बताउनुभएको छ ।

मुुलुकमा सत्ता फासिष्ट हुँदै जाने र सडकमा अराजक पपुलिष्ट हुँदै जाने अवस्था आउने उहाँको जिकिर थियो । महासचिव भुसालले मुलुकलाई सही ढंगले अघि बढाउनका लागि घुस नखाने पार्टी आवश्यक रहेको पनि बताउनु भयो ।

घुस नखाने पार्टी भए मात्रै जनताले रोजगारी पाउने र मुलुकलाई आत्मनिर्भर ढंगले अघि बढाउने सिद्धान्त बन्ने र त्यसले मुलुकलाई सही ढंगले अघि बढाउने तर्क गर्दै उहाँले त्यसका लागि क्रान्तिकारी एजेण्डासहितको समूह सडकमा आउनुपर्ने समेत बताउनु भयो ।

शनिवार काठमाडौंमा आयोजित ‘अक्टोबर क्रान्ति र लेनिन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव भुसालले घुस नखाने पार्टीले मात्रै आजको लेलिनलाई पुनर्जागृत गर्नसक्ने र त्यसले मात्रै विद्यमान समस्याको समाधान गर्दै मुलुकलाई अघि बढाउनसक्ने बताउनु भयो ।
 

महासचिव भुसालले रुस कालिन बोल्सेविक क्रान्ति सम्पन्न गर्न पनि क्रान्तिकारी एजेण्डासहितको सडक आन्दोलन गर्ने वस्तुगत स्थिति तयार भएको दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्