२०८३ असार २१ गते, आईतवार ०५:३४

स्रोत नखुलेको रकमसहित बाराको नितेश गुप्ता पक्राउ

वीरगन्ज-

सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ बस्ने वर्ष २२ को नितेश गुप्ता रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको शसस्त्र प्रहरी टोलीले शुक्रबार साँझ वीरगन्ज भन्सार मेनगेटमा चेकजाँचको क्रममा उनलाई गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ना ३१ प २७५६ नम्बरको मोटरसाइकलमा सवार गुप्तालाई चेकजाँचको क्रममा रु १ लाख भारु. र नेपाली २ हजार ७ सय १५ फेला परेको थियो ।

रकमको बारेमा सोधपुछ गर्दा गुप्ताले स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

उनलाई मोटरसाईकलको १ लाख ५० हजार, मोवाईल २१ हजार र स्रोत नखुलेका बरामद रकम सहित नेपाली रु ३ लाख ३३ हजार ७१५ मूल्यकंन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको धामीले जानकारी दिए ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस