२०८२ असार १७ गते, मंगलवार १०:४९

काठमाडौं-

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ ।

बैठक आज मध्यान्हदेखि ललितपुरको बालकुमरीस्थित पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको हो । दुई दिनसम्म चल्ने बैठकमा जनतासँग जसपा नेपाल, आधारभुत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस