काठमाडौं-
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको समग्र विकास गर्ने सशक्त माध्यम राजनीति भएको बताउनुभएको छ ।
शनिवार विश्व निकेतन माध्यामिक विद्यालयको ७९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा लाग्ने मान्छे समाजकै काम नलाग्ने मान्छे हो भन्ने किसिमले भाष्य सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न सक्नुपर्ने बताउनु भयो । उहाँले अरुको लहलहैमा लाग्नु भन्दा सही र गलत छुट्याएर चुन्नुपर्ने बताउनु भयो ।

उहाँले सेवा गर्नको लागि सबैभन्दा राम्रो माध्यम पनि राजनीति भएको बताउनु भयो । आफू सेवा दिनकै लागि राजनीतिमा आएको उल्लेख गर्नुभयो । उहाँले विदेशमा ठूला ठूला काण्ड गरेर ठूलो नेता बन्छु भन्दै राजनीतिमा लाग्ने गरेको पनि बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले विद्यार्थीले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनु भयो ।