२०८२ आश्विन २९ गते, बुधबार ११:२५

राजनीतिक शुद्धता बिना देशले काँचुली फेर्दैनः सर्वेन्द्र खनाल

sarwendra _khanal

काठमाडौं-

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरुलाई चैन नहुने बताउनु भयो ।

उहाँले समृद्ध देश नबनाएसम्म आफूहरु शान्त भएर बस्न नसक्ने बताउनु भयो । उहाँले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताउनु भयो । राजनीतिक शुद्धता नभइकन देशले काँचुली नफेर्ने उहाँको बुझाइ छ ।

पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस