२०८३ असार २१ गते, आईतवार ०४:२७

सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम समपन्न

वीरगन्ज-

सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेल द्वारा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित उक्त कार्यक्रम बिरगंजको रेल्वे रोडमा स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलको आफ्नै कार्यालयमा सम्पन्न भएको हो। कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र,सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका संरक्षक तथा बिरगंज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदीप कुमार चौरसिया हुनुहुन्थ्यो।

स्वागत मन्तव्य यस सामुदायिक प्रहरी कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले गरेका थिए। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी , कन्चनजङ्ग स्कुलका डाइरेक्टर माटिन मोक्तान , मुनलाइट स्कुलका संचालक श्याम के.सी. वडा न. ५ का वडा सदस्य मनोज कुमार साह , कुम्हाटाेल टाेलसुधार समितिका अध्यक्ष नन्दलाल राउत अहिर , सह सचिव रितेश गुप्ता , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपाली , सचिव श्रवण बहादुर रायमाझी,

सदस्यहरु रामबाबु रायमाझी , सत्य प्रकाश कुमार , सावित्री भुमियार , श्रीमती तारा बिष्ट , ज्ञानमाया रायमाझी , इदिरा पोखरेल समाजसेबी मनोज मिश्रा ,सन्चारकर्मी सन्तोष मान रन्जितकार , अभिलाष कुमार गुप्ता , बिरगंज समाजका अध्यक्ष अशोक गुप्ता , डा. हरेराम ठाकुर , सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेलका प्रहरी सहायक हवल्दार कुमार बि.क. , प्रहरी जवान दिलिप कुमार कोइरी , गोबिन्द ताम्राकार , सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका पदाधिकारी तथा आजिवन सदस्य लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी मिश्रका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सामुदायिक प्रहरी संगको सहकार्यमा जनमानस, वडा, स्थानीय, गाउँपालिका, स्थर सम्म पुर्याउने बिश्वास ब्यक्त गरेका थिए। उनले भने
सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षा व्यवस्थालाई सुदृढ गर्न यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान रहने बताएका हुन। सामुदायिक प्रहरी सेवाको भूमिका सशक्त बनाउन नागरिक सहभागिता आवश्यक रहेकोमा समेत जोड दिएका थिए।

उक्त कार्यक्रम संचालन मुनलाइट स्कुलका संचालक श्याम केसीले गरेका हुन।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस