२०८३ असार २१ गते, आईतवार ००:४२

नेपालका अदालती प्रक्रियाहरु छिटै अनलाइन प्रणालीबाट टुंगिन्छन्ः न्यायाधीश फुयाल

काठमाडौँ-

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालका अदालती प्रक्रियाहरु पनि छिटै अनलाइन प्रणालीबाट टुंगो लगाउने बताउनुभएको छ ।

नेपाल चाइना लिगल कोअप्रेशन फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला आफू चीन भ्रमणमा गएको र त्यसताका चिनियाँ सर्वोच्च अदालतसहित केही अदालतहरुको अवलोकन गर्ने क्रममा अदालतमा सबै प्रक्रियाहरु अनलाइन प्रणालीबाट सम्पन्न हुने गरेको पाएको बताउनु भयो । उहाँले भारतमा पनि अदालतका कारबाहीहरु अनलाइनबाट हुने गरेको भन्दै नेपालमा पनि केही शुरु भएको तर पूर्ण रुपमा हुन नसकेको बताउनु भयो । अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने उहाँको दाबी छ । चीन र भारतबाट यसबारे अझ विस्तृत रुपमा अध्ययन गरेर नेपालमा अदालती प्रक्रियालाई अनलाइन प्रणालीबाट प्रभावकारी व्यवस्थापन गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अरु देशहरुको कानूनी प्रक्रियाबारे जानकारी नलिइकन नेपालमा पनि कानूनी पद्धतिमा निखार आउन नसक्ने बताउनु भयो । उहाँले एकनासे कानून पद्धति कार्यान्वयन गरिरहन नसकिने बताउनु भयो । जति छ त्यत्तिमै सिमित हुनुपर्छ र यही विशेषता हो भन्नु जिद्दी मात्रै हुने बताउनु भयो । कुनैपनि देशको कानून आफूभित्रबाट मात्रै जन्मिएको र त्यहीँ हुर्किएको र त्यहीँ टुंगिएको भन्ने नभएको बतउनु भयो । एक अर्काबाट पद्धतिगत अवलोकन भ्रमण गरेर त्यसको यथार्थताको बारेमा जानकारी लिनु राम्रो रहेको उहाँको भनाइ छ ।

उहाँले कानूनहरु स्थानीय हुने तर त्यसका सिद्धान्त, दर्शन, अभ्यासहरु एक अर्काबाट सिकेर फेरि बिस्तारित र विकसित गर्न जरुरी हुने बताउनु भयो । लिगल कोअप्रेशनको अभ्यास महत्वपूर्ण आयाम भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस