२०८३ असार २१ गते, आईतवार ००:४२

पूर्वराजा शाहलक्षित प्रचण्डको टिप्पणीः इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु फेरि सल्बलाए

काठमाडौं-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । अध्यक्ष दाहालले अहिले देशमा राजनीतिक परिस्थिति चुनौतिपूर्ण रहेको दाबी गर्नुभयो । उहाँले सरकारको उपलब्धि दिनप्रतिदिन नराम्रो हुँदै गएको र जनतामा सरकारप्रति आक्रोश र असन्तुष्टि पोखिँदै गएको बताउनु भयो । उहाँले सरकारप्रतिको आक्रोश र असन्तुष्टिलाई लिएर पूर्वराजा शाहले पुनरागमन गर्न भन्दै दिवा स्वप्ना देख्ने गरेको बताउनु भयो । उहाँले सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरुले आफ्नो आफ्नो हिसावले प्रयोग गर्ने कोशिस गरिरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय संघ संस्थाले नेपाली काँग्रेस र नेकपा एमालेलाई तोकेरै ठगहरु हुन् भनेको आरोप लगाउनु भयो । उहाँले अहिले देश ग्रे लिस्टमा पर्न लागेको र भ्रष्टाचारमा अग्रणी भएको बताउनु भयो । सरकारलाई सिधै अन्तर्राष्ट्रिय संघ संस्थाले अपमानजनक ढंगले सरकार भ्रष्टाचारमा लिप्त भनेको पनि बताउनु भयो ।

अध्यक्ष दाहालले अब माओवादी केन्द्र संघ र प्रदेशमा प्रतिक्रियावादी र दलालहरुसँग मिलेर सरकार बनाउनेतिर नजाने दाबी गर्दै आफ्नो खुट्टामा उभिने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस