२०८२ असार १७ गते, मंगलवार १६:४२

पर्सा-

समस्याग्रस्त कलश गाई फार्मको शनिवार बिहान पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरी प्रमुख गौतम मिश्र लगायतको जिल्ला उच्च अधिकारीको टोलीले निरीक्षण गरेको छ। यस अवसरमा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुली रेग्मीको पनि सहभागिता रहेको थियो। टोलीले फार्मको अवस्थाको स्थलगत अवस्थाका बारेमा जानकारी लिएको छ।

यसै दिन पर्साका पशु व्यवसायी र पशु चिकित्सकको टोलीले फार्ममा रहेका बिरामी र कमजोर अवस्थाका गाईहरूको उपचार गरेको छ। दाना र औषधि सहित पशु चिकित्सक डा. दिनेश कुमार तिवारीको नेतृत्वमा आएको टोलीले फार्ममा रहेका बिरामी गाईहरूको उपचार गरेको ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिनुभयो।

यस क्रममा जिल्लाका विभिन्न पशु प्राविधिक र पशु व्यवसायी एवम् जीराभवानी–१ का वडाध्यक्ष रामशरण खवासको पनि उपस्थिति रहेको थियो।

पछिल्लो समय सो फार्ममा रहेका गाईहरूको जीवन रक्षाका निमित्त सर्वत्र चासो बढेको छ। फार्ममा रहेका पशुहरूको स्वास्थ्य र देखभालका लागि स्थानीय प्रशासन, पशु व्यवसायी र चिकित्सकहरूको संयुक्त प्रयास जारी छ।

यसरी स्थानीय सरकार र सम्बन्धित पक्षहरूको संयुक्त प्रयासले कलश गाई फार्ममा रहेका पशुहरूको अवस्था सुधारको आशा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस