२०८३ असार २१ गते, आईतवार ००:४१

नकारात्मकताको जरो नै केपी ओली हुन्ः एकीकृत समाजवादी

काठमाडौं- 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाउनुभएको छ ।

लतिपुरमा शुक्रवारबाट जारी केन्द्रिय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताउनु भयो । उहाँले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रिय कमिटीमा एकमत रहेको बताउनु भयो ।

प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रिय सदस्यहरुले खेल्नुपर्ने भुमिकाका बारेमा केन्द्रिकृत भएको बताउनु भयो ।  पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रश्ताव बैठकमा गरिएको उहाँको भनाइ छ ।

प्रवक्ता खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतिको सामना गर्नसक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गर्नुभयो । आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरुको पङ्ति रहेकाले राजनीतिमा देखिएको शुन्यतालाई चिर्नसक्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस