२०८३ असार २० गते, शनिबार २३:२५

वीरगन्ज भन्सारबाट स्रोत नखुलेको ठूलो मात्रामा नगद बरामद, भारतीय नागरिक पक्राउ

वीरगन्ज-

जिल्ला पर्सा । सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पछि उक्त व्यक्तिलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

पक्राउ पर्ने भारतीय नागरिक कन्हैया कुमार गुप्ता  भारतको पूर्वी चम्पारण, रक्सौलका बासिन्दा हुन् । उनी बि.आर ०५ ए.बि.६६९४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार भई भारतबाट नेपाल प्रवेश गर्दै गरेका बेला वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेट अगाडि चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा उनको शरीरका विभिन्न भागमा लुकाइएको स्रोत नखुलेको नेपाली मुद्रा फेला परेको थियो ।

बरामद गरिएको नगद र सवारीसाधनको कूल मूल्य रु. ५ लाख पुगेको सुरक्षा स्रोतले जनाएको छ । पक्राउ परेका गुप्तालाई अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यस घटनाले सीमा क्षेत्रमा हालै बढ्दो गैरकानुनी क्रियाकलापको संकेत दिएको छ । सुरक्षा निकायले सीमा क्षेत्रमा कडा निगरानी बढाएको छ भने यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरू विरुद्ध कारबाही अघि बढाउने बताएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस