२०८३ असार २० गते, शनिबार २३:५३

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशनको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ देखि

काठमाडौं-

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र १७ गते बेस्ट वेस्टन प्लस होटलमा हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनु भयो । महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।

राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दाहरुमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताउनु भयो । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस