२०८३ असार २० गते, शनिबार २२:३३

सरकारले संसदको झ्याल,ढोका बन्द गरेर अर्को गिरिबन्धुको लागि अध्यादेश ल्यायोः सांसद सुवेदी

काठमाडौं— 

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताउनु भयो । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उहाँको आरोप छ । सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताउनु भयो । सरकारले संसदको भm्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताउनु भयो ।

उहाँले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको बताउनु भयो । सरकारले कानून बनाए संसदले के काम गर्ने ? भन्दै प्रश्न गर्नुभयो । अध्यादेशहरु भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको बताउनु भाये । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस