२०८३ बैशाख १ गते, मंगलवार २२:४०

रोजगारी सिर्जनाका लागि आइएसभिजी र चीनको सांघाई हाइस्यानबीच सम्झौता

काठमाडौं –

इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् ।

बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ ।

२०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आइएसभिजी इन्टरनेशन स्काउट भोलेन्टियर ग्रुप नेपालका अध्यक्ष अजित खड्काले बताउनु भयो । योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु अघि बढाइने जानकारी दिनुभयो ।

परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरुमा गएर काम शुरु गर्ने जानकारी दिनुभयो ।

उहाँकाअनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरुमा पनि विभिन्न किसिमका योजनाहरु अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस