२०८२ भाद्र १ गते, आईतवार २२:०९

काठमाडौं –

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।

बुधवार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताउनु भयो । उहाँले दुई ठूला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने बताउनु भयो ।

उहाँले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुशी प्रकट गर्नुभयो । विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महशुस गरेर सबैले लगानी बढाइरहेको बताउनु भयो । उहाँले अहिले उर्जा क्षेत्रले छिमेकीहरुको बीचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गर्नुभयो ।

१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेपनि जलश्रोतको भरपूर प्रयोग गर्न नेपालले चाहेको बताउनु भयो । मन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताउनु भयो । विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भएपनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको बताउनु भयो ।

एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिनकन जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस