२०८२ असार २३ गते, सोमबार २१:२९

काठमाडौं –

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रश्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्वपूर्ण भुमिका खेल्ने सांसदहरुले विश्वास व्यक्त गरेका छ ।

शुक्रवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । सम्मेलन समयानुकुल रहेका उल्लेख गर्दै उनीहरुले स्थानीय तह र प्रत्यक्ष प्रभावित समुदायको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले हिन्दकुश हिमालय क्षेत्रमा रहेका आठ राष्ट्रहरूको साझा चासोलाई अन्तर्राष्ट्रिय समुदायसम्म सम्मेलन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले हिमाल र हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकले भोगिरहेको समस्याको विषयमा विश्वको धयानाकर्षण गराउनुपर्ने बताउनु भयो । उहाँले हिमालको समस्या समाधान कुनैपनि देशको एकल प्रयासबाट सम्भव नरहेको उल्लेख गर्दै हिन्दकुश हिमालय क्षेत्रमा रहेका देशहरुबीच सहकार्य र समन्वयको खाँचो रहेको समेत उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सम्मेलनमा हिमाली क्षेत्रमा प्रत्यक्ष प्रभावित स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्थानीय सरकार र समुदायको सहभागिता बिना सम्मेलन सफल र प्रभावकारी हुन नसक्ने बताउनु भयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले सम्मेलनमा हुने सहभागिता, व्यवस्थापन, छलफलका विषयवस्तुलगायत बारेमा जिज्ञासा राखेका छन् । समितिले आगामी साउन २ र ३ गते उक्त सम्मेलन गर्न लागेको हो । सम्मेलनमा जलवायु विपद् र प्रदुषण, पर्वतीय क्षेत्र र जीवनशैली विषयमा छलफल हुने तथा यस क्षेत्रका मुलुकमा भएका जलवायु अनुकुलनसम्बन्धी अनुभव आदानप्रदान हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस