२०८२ असार १६ गते, सोमबार २०:५४

वीरगन्ज –

वीरगन्ज महानगरपालिका–१६ को रजत जयन्ती चौकदेखि मितेरी पुलसम्मको क्षेत्रमा वर्षौंदेखि विजुलीका पोलमा झुण्डिएका अव्यवस्थित तारहरू हटाउने अभियान जारी छ। यो अभियानले शहरी सौन्दर्य वृद्धि गर्नुका साथै आगलागी र दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल दूरसञ्चार कम्पनी, नेपाल विद्युत प्राधिकरण, नगर प्रहरी, माली र नेपाल प्रहरीका कर्मचारीहरू सम्मिलित १२ जनाको संयुक्त टोलीले यो अभियानमा सक्रिय सहभागिता जनाइरहेको छ। अभियानका क्रममा सञ्चार र विद्युत सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण अवस्थामा रहेका तारहरू काटेर हालसम्म करिब ८०० केजी तार सङ्कलन गरिएको छ। सङ्कलित तारहरू महानगरपालिकाको जिम्मामा सुरक्षित रूपमा राखिएको छ।

वीरगन्ज महानगरपालिकाले यो अभियानले शहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्न, सम्भावित आगलागी र विद्युतीय दुर्घटना कम गर्न, साथै विद्युत सेवालाई सुरक्षित र भरपर्दो बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। महानगरपालिकाले अभियानलाई थप प्रभावकारी बनाउन र अन्य क्षेत्रमा पनि विस्तार गर्न

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस