२०८२ असार २३ गते, सोमबार १९:०८

काठमाडौँ-

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले सार्वजनिक क्षेत्रहरूलाई निजीकरण गर्ने कार्यक्रमले समाजवाद निर्माण नहुने बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२-०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उहाँले निजी क्षेत्रलाई बेवास्ता नभई व्यवस्थित गर्नुपर्ने बताउनु भयो । उहाँले समाजवाद निर्माणको लागि सार्वजनिक क्षेत्रहरूलाई नै बढी मात्रामा व्यवस्थित बनाएर लैजानुपर्नेमा जोड दिँदै तब मात्र जनताहरूको हरेक कुरामा सुलभ ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

सांसद राईले सरकारले ल्याएको बजेट व्यापारमुखी बनेको बताउनु भयो । उहाँले दुई तिहाइको बलियो सरकारले आशा बाँड्ने नभएर विश्वास पैदा गर्ने बजेट ल्याउनुपर्नेमा त्यसो नभएको बताउनु भयो । उहाँले बजेटले नागरिकका एजेण्डाहरूलाई समाधान तथा सम्बोधन नगरेको दाबी गर्नुभयो ।

उहाँले कृषि उत्पादनलाई औद्योगिकीकरण नगरेसम्म आत्मनिर्भर बन्न नसकिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस